करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु

नेपालभ्युज

करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु

चितवन। भरतपुरमा करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको मृत्यु भएको छ। भरतपुर- १० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे भरतपुर १० बालमन्दिर रोड स्थित मोडको घरको तेस्रो तलामा रहेको बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा विद्युत शट भई आगोलाग भएको थियो। पौडेलसँगै अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका थिए।

उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको अस्पतालले घोषणा गरेको हो। घाइते थापाको
उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved