बाबुसँग चुनाव हारेका उम्मेदवार छोरासँग पनि पराजित

गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरा दुवैसँग चुनाव लडेर पराजित भएका हुन्।

नेपालभ्युज

बाबुसँग चुनाव हारेका उम्मेदवार छोरासँग पनि पराजित

गुल्मी। गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरा दुवैसँग चुनाव लडेर पराजित भएका हुन्।

भुसाल, २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा विजयीका छोरासँग यसपटक पराजित भएका हुन्। २०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासँग भुसाल पराजित भएका थिए।

उनी अघिल्लो पटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए। अध्यक्षमा थापाले ५ हजार ५ सय ७५ मत ल्याउँदा भुसालले ४ हजार ७ सय ५० मत ल्याएका थिए। गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेसले जितेको थियो। अहिलेका निर्वाचनमा अशोक थापाका छोरा सरोजकुमार थापासँग पनि कृष्ण भुसाल पराजित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved