काठमाडौँ। काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजयी भएका छन्। खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन्।
खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरे। त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी भए।
महिला सदस्यतर्फ कांग्रेसकै सृष्टि कंसाकार विजयी भइन्। दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन्। वडा नं २७ सँगै कामपाका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन्।
मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन शाह निकै अगाडि छन् भने एमालेका केशव स्थापित र सत्ता गठबन्धनबाट सिर्जना सिंहबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
Facebook Comment
Comment