धनुषा: १० पालिकामा कांग्रेस विजयी, दोस्रोमा जसपा

धनुषाको दश पालिकामा नेपाली कांग्रेस, तीनमा जसपा, दुईवटामा नेकपा एमाले र एकमा नेकपा माओवादीले जितेका छन्। दुईको मतगणना जारी छ।

धनुषा: १० पालिकामा कांग्रेस विजयी, दोस्रोमा जसपा

जनकपुरधाम। धनुषाका १८ पालिकामध्ये १६ ओटाको मतपरिणाम सार्वजनिक भएको छ।

मतपरिणाम सार्वजनिक भएका १६ पालिकामध्ये दशओटा नेपाली कांग्रेस, तीनओटा जसपा, दुईओटा नेकपा एमाले र एकमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जित निकाले छन्।

जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम भने आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

अहिले सम्ममा लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र मिथिला किहारी नगरपालिकाको मत परिणाम सार्वजनिक भएको हो।

कुन पालिकामा कसले जिते ?

लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन। मिश्रले ३ हजार ७६५ मत ल्याउँदै लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन।

उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादवले ३ हजार ४९७ मत ल्याएका हुन। त्यस्तै, नेपाली कांग्रेसकी फूलकुमारी यादवले ३ हजार ६२८ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाकी बिमलाकुमारी यादवले ३ हजार ४६० मत ल्याइन।

औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन्। साहले ३ हजार ३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै उपाध्यक्षमा समेत एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७९० मत ल्याइन्।

धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्। अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याए।

यस्तै उपाध्यक्षमा कांग्रेसकै रामबतिदेवी मण्डल निर्वाचित भएकी हुन्। उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनका निकटतम् प्रतिद्वन्दी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन्।

जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन्। यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन्। उनले २ हजार ९९८ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८४० मत ल्याए।

विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन्। त्यस्तै, कांग्रेसका उम्मेदवार योगेन्द्र प्रसाद यादवले १ हजार ८५८ मत ल्याए।

उपमेयरमा भने नेकपा एमालेकी आशा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० मत ल्याएकी छन्।

धनुषाधाम नगरपालिकामा पनि नेपाली कांग्रेसका मेयर र उपमेयर दोश्रो कार्यकालको लागि निर्वाचित भएका छन्। मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन्। उनले ४ हजार ७१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए।

यस्तै उपमेयरमा कांग्रेसकै विद्या देवी भुजेल निर्वाचित भएकी छन्। उनले ४ हजार १२५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन्।

कमला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरु निर्वाचित भएका छन्। मेयरमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए।

यस्तै उपमेयरमा कांग्रेसकै शिलादेवी मण्डल निर्वाचित भएकी छन्। उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन्।

शहीदनगर नगरपालिकामा भने जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन्।

मेयरमा जसपाका दिनेश प्रसाद यादव निर्वाचित भएका हुन्। उनले ५ हजार ७४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिर कुमार गोइतले ४ हजार १०५ मत प्राप्त गरेका हुन्।

यस्तै उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन्। उनले ४ हजार ९३१ मत ल्याइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन्।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपाका उम्मेदवार निर्वाचित भएका छन्। जसपाका जयकुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए।

यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन्। उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन्।

बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएका हुन्। उनले ४ हजार १८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्याम सुन्दर महतोले ३ हजार ३७ मत ल्याए।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन्। उनले ३ हजार ६०१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेणु कुमारीले २ हजार ९५७ मत ल्याईन्।

मिथिला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन्। मेयरमा महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याएका छन्।

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन्। उनले ७ हजार ४१४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याएकी छन्।

धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत ल्याएका छन्।

यस्तै उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन्। उनले ५ हजार ७३० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याएकी हुन्।

गणेशमान चारनाथ नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन्। उनले ३ हजार २८३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याएकी हुन्।

धनुषामा नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ। सबैला नगरपालिकामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको हो। माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएकी हुन्।

मेयरमा निर्वाचित कारीरामले ४ हजार २१२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साह मधुपले ४ हजार ७६ मत पाएका छन्।

उपमेयरमा पनि नेकपा माओवादी केन्द्रकी रहिमा खातुनले ४ हजार ६९९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी किरण कुमारी कापरले ३ हजार ६०४ मत पाएकी छन्।

मेयरमा निर्वाचित कारीराम मातृकाप्रसाद यादवका कान्छा भाइ हुन्।

हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार प्रदीप यादव ४ हजार ९९ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनिल यादवले २ हजार ९११ मत ल्याएका छन् भने लोसपा नेपालबाट निर्वतमान मेयर रामज्ञान मण्डलले मात्र २ हजार ८१५ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छन्। उनले ४ हजार ४६५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी दिपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याइन्।

मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन्। कांग्रेसका राजेन्द्रप्रसाद यादवले ४ हजार ३०४ मत ल्याएर निर्वाचित भएका हुन्।

नेकपा एमालेका प्रतिद्वन्द्वी उम्मेदवार समेत रहेका निवर्तमान मेयर अनिलकुमार यादवले ४ हजार ४९ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा माओवादीकी शोभा देवी साहले ३ हजार ३३० मत ल्याई निर्वाचित भएकी छन्। उनकी निकटतम नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७९७ मत प्राप्त गरेकी छन्।

धनुषामा अब जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ।

क्षीरेश्वरनाथमा अहिले सम्मको मतगणनामा नेकपा एमालेले अग्रता बनाइ राखेको छ भने जनकपुरमा काँग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved