स्वतन्त्र गोपाल हमाल ११ हजार ७ सयभन्दा बढी मतले अघि

नेपालभ्युज

स्वतन्त्र गोपाल हमाल ११ हजार ७ सयभन्दा बढी मतले अघि

धनगढी ।  धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वन्त्रका गोपाल हमालले अग्रता बढाइरहेका छन्। ५६ हजार २ सय २६ मत गणना हुँदा हमालले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निवर्तमान नृपबहादुर वडलाई ११ हजार ७५८ मतले पछि पारेका छ्न।

हमालले २४ हजार ६२९ मत ल्याउँदा वडले १२ हजार ७७१ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३७८ मत पाएका छन्।

उपमेयरमा भने नेकपा एमालेकी कन्दकला रानाले १२ हजार ५९४ मतका साथ अग्रता बनाएकी छन्। उनलाई नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी (११ हजार ५८९) पछ्याइरहेकी छन्। त्यस्तै स्वतन्त्र प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन्।

धनगढीमा सत्ताका दलहरूले गठबन्धन गरेर मेयर र उपमेयरमा उम्मेदवार बाँडफाँट गरेका उठाएाक छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved