हावाहुरीको कारण चितवनमा ३ जनाको मृत्यु

शुक्रबार साँझ चितवनमा आएको भीषण हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ। हावाहुरीको कारण ढलेको रुखले च्यापिँदा भरतपुरका दुई छुट्टाछुट्टै ठाउँमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नेपालभ्युज

हावाहुरीको कारण चितवनमा ३ जनाको मृत्यु

काठमाडौं। शुक्रबार साँझ चितवनमा आएको भीषण हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ। हावाहुरीको कारण ढलेको रुखले च्यापिँदा भरतपुरका दुई छुट्टाछुट्टै ठाउँमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार भरतपुर ११ भोडाजस्थित जङ्गल क्षेत्रमा ढलेको रुखमा च्यापिएर ना २ ह २२४७ नम्बरको अटोमा सवार दुई जनाको मृत्यु भएको हो।

सडकमा गुडिरहेको ना १ ज ६१४० नम्बरको म्याजिक ढलेको रुखले च्यापिँदा त्यसमा सबरा स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved