बालेनले कटाए ३० हजार मत, निकै पर छन् स्थापित

नेपालभ्युज

बालेनले कटाए ३० हजार मत, निकै पर छन् स्थापित

काठामाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ३० हजार मत कटाएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा उनले १४ हजार ५ सय २१ मत बढीको अग्रता बनाएका छन्।

पछिल्लो मत परिणामअनुसार बालेनले ३० हजार ८ सय ५८ मत ल्याउँदा स्थापितले १६ हजार ३३७ मत पाएका छन्। उनीहरू दुवैलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले १५ हवार ९ सय ६० मतका साथ पछ्याइरहेकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्टले १ हजार ७ सय ९० मत ल्याउँदा स्वतन्त्रका अर्का उम्मेदवार सुमन सायमीले १ हजार २ सय ३५ मत पाएका छन्। विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले भने जम्मा २ सय ४ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved