शुक्रबार साँझको हावाहुरीमा चितवनका तीन जनाको मृत्यु

नेपालभ्युज

शुक्रबार साँझको हावाहुरीमा चितवनका तीन जनाको मृत्यु

चितवन। जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो। भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन्। रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उनले बताए। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उनले जानकारी दिए। उनका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरू ढल्ने र पोलहरू ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

हावाहुरीका कारण चितवन पुलचोक अवस्थित नारायणी पुलमा रहेका विद्युतका पोल भाँचिएका छन्। पोल भाँचिएर लाग्दा ट्रक दुर्घटनामा परेको छ। नारायणी पुलमा विद्युतको पोल भाँचिदा अहिले नारायणगढ भएर हुने पूर्व पश्चिमको यातायात प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved