विदेश पढ्न जानेले पैसा लैजाँदा मुद्रा सञ्चितिमा समस्या : वर्षमान पुन

देशमा गुणस्तरीय शिक्षा भएमा विदेशी मुद्रा सञ्चितिमा सुधार हुने नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकाे भनाइ छ।

नेपालभ्युज

विदेश पढ्न जानेले पैसा लैजाँदा मुद्रा सञ्चितिमा समस्या : वर्षमान पुन
फाइत तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आ.ब. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पुनले विदेश पढ्न जानेले पैसा लिएर जाँदा विदेशी मुद्रा सञ्चितिमा समस्या भएको उनले बताए।

देशमा गुणस्तरीय शिक्षा भएमा विदेशी मुद्रा सञ्चितिमा सुधार हुने उनको भनाइ छ। ‘‘शिक्षामा विदेश गएको रकम गत वर्ष २१ अर्ब रहेछ। यो वर्ष त्यो बढेर २४ अर्ब पुगेको छ’’, उनले भने, ‘‘विदेशी मुद्राको सञ्चितिमा अलिकति समस्या त्यसले पनि पारेको छ।’’

विश्वविद्यालयस्तरको शिक्षालाई गुणस्तरीय बनाउने बित्तिकै देशमा शिक्षाको गुणस्तर बढ्ने र यसले विदेशी मुद्राको सञ्चितिमा सुधार हुने नेता पुनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved