श्रीलंका र डेनमार्कका प्रस्तावित राजदूतविरुद्धको उजुरी सुनुवाइ

नेपालभ्युज

श्रीलंका र डेनमार्कका प्रस्तावित राजदूतविरुद्धको उजुरी सुनुवाइ
फाइल तस्वीर।

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमाथि सुनुवाइ गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रोकायाविरुद्ध परेका उजुरीबारे स्पष्टीकरण सोधिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र उजुरी सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरिएको उनले जानकारी दिए।

‘‘प्रस्तावित राजदूतहरुले आफूमाथि परेको उजुरीबारे स्पष्टीकरण दिँदै केही कागजातहरु पेस गर्नुभएको छ,’’ सभापति कर्णले भने, ‘‘वासुदेव मिश्रको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा हामीले शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग सोधेका छौँ भने रामस्वार्थ रायको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका छौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved