भरतपुर महानगर : रेनु दाहाल भन्दा विजय सुवेदी ३००१ मतले पछाडि

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन्।

नेपालभ्युज

भरतपुर महानगर : रेनु दाहाल भन्दा विजय सुवेदी ३००१ मतले पछाडि

भरतपुर। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ। दाहालको अग्रता फराकिलो हुँदै गएको छ।

३८ हजार ८६४ मतगणना हुँदा दाहालले ३ हजार १ मतले अग्रता कायम गरेकी छन्। उनले १४ हजार ७६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले आफूलाई अग्रस्थानमा राखेका छन्। उनले १७ हजार ९६ मत ल्याएका छन्।

अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत ल्याएकी छन्।

हाल वडा नं ९ को मतगणना चलिरहेको छ, जसमा एमालेले ८४४ मत प्राप्त गरेको छ भने समाजवादीले १ हजार १५३ मत प्राप्त गरेको छ।

यसअघि, गणना भएका १, २, ४, ५, ६ र ८ मा नेपाली कांग्रेसले जित हासिल गर्दा ३ मा एमालेले र ७ नम्बर वडामा समाजवादीले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved