सूर्यविनायक नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई एक हजार ५२६ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन्।

नेपालभ्युज

भक्तपुर। सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमाले उम्मेदवार वासुदेव थापा विजयी भएका छन्।

गठबन्धनका तर्फबाट नेपाली का‌ंग्रेसका उम्मेदवार निशान ढुंगेललाई एक हजार ५२६ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन्। थापाले १४ हजार ७५८ मत ल्याए भने ढुंगेलले १३ हजार २३२ मत पाए।

निर्वाचित मेयर थापा उक्त नगरपालिकाका निवर्तमान मेयरसमेत हुन्।

त्यसैगरी, उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छन्। उनी १३ हजार ४९० मत पाएर विजयी भएकी हुन्।

भट्टराईले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का श्यामसुन्दर बस्नेतलाई ७ हजार ८२९ मत अन्तरले पराजित गरेकी हुन्। बस्नेतले ६ हजार ६६१ मत मात्र पाएका छन्।

सूर्यविनायक नगरका १० मध्ये पाँच वडाध्यक्षमा एमाले र पाँच वडाध्यक्षमा कांग्रेसले जितेको छ। काग्रेसले २, ३, ४, ६ र ९ नम्बरमा जित हात पार्न सफल हुँदा एमालेले वडा नम्बर १, ५, ७, ८ र १० मा जित निकालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved