बुटवलमा गठबन्धनका खेलराजभन्दा एमालेका बाबुराम ४ हजार मतले पछाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिका २७ हजार ३४४ गणना भएको छ।  गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले १३ हजार ४१८ मतका साथ अग्रता कायमै राखेका छन्। खेलराज र पाण्डेबीच मतान्तर ४ हजारको ४४६ रहेको छ।

नेपालभ्युज

बुटवलमा गठबन्धनका खेलराजभन्दा एमालेका बाबुराम ४ हजार मतले पछाडि

काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका २७ हजार ३४४ गणना भएको छ।  गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले १३ हजार ४१८ मतका साथ अग्रता कायमै राखेका छन्। खेलराज र पाण्डेबीच मतान्तर ४ हजारको ४४६ रहेको छ।

यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२  प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले २ हजार ३७४ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन्।

उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालको अग्रता छ। एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८ मत पाएकी छिन्। यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरूङले ७ हजार २७७ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved