काठमाडौं ३ मा पनि एमालेको प्यानलै विजयी, तर मेयरमा बालेनलाई बढी भोट

काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन्।

नेपालभ्युज

काठमाडौं ३ मा पनि एमालेको प्यानलै विजयी, तर मेयरमा बालेनलाई बढी भोट

काठमाडौं। काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन्। उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन्।

थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १ हजार ५ सय ८ भोट प्राप्त गरे। यो वडाबाट मेयरमा बालेन शाहलाई २ हजार ३ सय १९ भोट गयो। एमालेका स्थापितले १ हजार २ सय ४१ भोट पाए। त्यस्तै कांग्रेसकी सिर्जनासिंहले १ हजार १ सय ४२ भोट पाइन्।

काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका चारवटै वडामा एमालेले जित निकालेको छ। अहिले काठमाडौंका ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved