फेरि बढ्यो गाडीभाडा

नेपालभ्युज

फेरि बढ्यो गाडीभाडा

काठमाडौं । सरकारले गाडीभाडा बढाएको छ।

केही दिनअघि  पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि भएपछि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।

जसअनुसार अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहकतर्फ ३ दशमलव ५ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा गुड्ने मालबाहकमा ४ दशमलव ६ प्रतिशत भाडा बढाइएको छ।

त्यस्तै तराइका बाटोमा गुड्ने मालबाहक सवारीमा ५ दशमलव १ प्रतिशत भाडा बढाएको छ।

नेपाल आयल निगमले गएको शनिकार पेट्रोलमै १० रुपैयाँ भाडा बढाएको थियो। इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा माथि बढे स्वचालित मूल्य प्रणालीअनुसार भाडा बढ्ने व्यवस्था छ। बढेको भाडा भने भोलिदेखि लागू हनुे विभाले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved