धादिङमा सात पालिकाको मतगणना सकियो, कांग्रेस तीन ओटामा विजयी

नेपालभ्युज

धादिङमा सात पालिकाको मतगणना सकियो, कांग्रेस तीन ओटामा विजयी

धादिङ।  जिल्लामा सात ओटा पालिकाको मतगणना सम्पन्न भएको छ। मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता सङ्ख्यासमेत थोरै छ।

सात पालिकाममध्ये तीनमा नेपाली कांग्रेस, दुई ओटामा नेकपा (माओवादी केन्द्र), एक पालिकामा नेकपा एमाले र एउटा पालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। माओवादी केन्द्रका तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ र गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ विजयी भए।

नेपाली कांग्रेसका तर्फबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै निर्वाचित भए। गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा र धुनिबेंसी नगरपालिकामा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्।

यसैगरी गाउँपालिका उपाध्यक्षहरूमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकाबाट सीतामाया गुरुङ, गल्छी गाउँपालिकाबाट भाइकाजी तिवारी, धुनिबेँसी नगरपालिकामा सुरज उप्रेती भए।

नेकपा माओवादीले खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ र ज्वालामुखी गाउँपालिकामा एकीकृत समाजवादी धर्म अर्याल निर्वाचित भएका छन्। अब एक नगरपालिका र पाँच गाउँपालिकाको मतगणना भइरहेकाले नतिजा आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved