धादिङको गजुरी गाउँपालिका अध्यक्षमा माओवादी

नेपालभ्युज

धादिङको गजुरी गाउँपालिका अध्यक्षमा माओवादी

काठमाडौं। धादिङको गजुरी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गणेशलाल श्रेष्ठ विजयी भएका छन्।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठ ६ हजार ३०८ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले चार हजार ५१ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी बनेकी छिन्। पाँच हजार ६९९ मतसहित उपाध्यक्षमा निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भगवती खतिवडाले तीन हजार ५९२ मत प्राप्त गरेकी छिन्।

गजुरीको वडा १, ५, ६, ७ र ८ काे अध्यक्षमा माओवादी विजयी भएको छ भने २, ३, र ४ मा कांग्रेसले जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved