रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

नेपालभ्युज

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

काठमाडौं। रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले दुई हजार २८३ मत प्राप्त गरेका छन् भने माओवादीका उम्मेदवार सोमबहादुर तामाङले एक हजार ५२२ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले दुई हजार ८१० मत ल्याएर निर्वाचित भएकी छिन्। उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले दुई हजार दुई मत पाइन् भने नेकपा समाजवादीकी उम्मेदवार विष्णुप्रसाद देवकोटाले एक हजार ४० मत प्राप्त गरिन्।

अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपाने, वडा नम्बर ३ मा कांग्रेसका फडिन्द्र प्रसाद न्यौपाने, वडा नम्बर ४ मा कांग्रेसका खेसम तामाङ र वडा नम्बर ५ मा कांग्रेसका सन्दीप पौडेलले जित हासिल गर्नुभएको छ । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved