रोकियो नरेन्द्र मोदीलाई दिने भनिएको मानार्थ महा-विद्यावारिधि पदवी

भ्रमणको क्रममा समय अभाव हुने भएपछि मोदीलाई दिने भनिएको विद्यावारिधि अहिलेका लागि रोकिएको बताइएको छ।

नेपालभ्युज

रोकियो नरेन्द्र मोदीलाई दिने भनिएको मानार्थ महा-विद्यावारिधि पदवी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको समयमा दिने भनिएको मानार्थ विद्यावारिधि नदिइने भएको छ। मोदीलाई लुम्बिनी विश्वविद्यालयले मानार्थ महा–विद्यावारिधिको उपाधि दिन लागेको थियो।

तर, भ्रमणको क्रममा समय अभाव हुने भएपछि मोदीलाई दिने भनिएको विद्यावारिधि अहिलेका लागि रोकिएको बताइएको छ।

यसअघि, मोदीलाई एशिया र एशियाको यस क्षेत्रको धार्मिक सांस्कृतिक विधामा उनको लगाव, त्यसको व्यवस्थापन, सांस्कृतिक पक्षमा उनले देखाएको चासोको प्रशंसा गर्दै बुद्ध धर्मलाई प्राथमिकता दिँदै लुम्बिनी भ्रमणमा आएका कारण मानार्थ महा–विद्यावारिधि पदवी दिन लागिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved