बालेनले कटाए एक हजार भोट, पछ्याउँदै स्थापित

उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठलाई फराकिलो अंकले पछि छाडेकी छन्।

नेपालभ्युज

बालेनले कटाए एक हजार भोट, पछ्याउँदै स्थापित

काठमाडौं। काठमाडौं महानगरपालिकाको जारी मतगणनमा स्वतन्त्र उम्मेदवार बालेन शाहले एक हजार भोट कटाएका छन्।

हालसम्म तीन हजार २५९ मतगणना भएकोमा बालेनले एक हजार ५३ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८३८ मतसहित बालेनलाई पछ्याइरेहका छन्।

गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ६३५ मत प्राप्त गरेकी छन्।

यता उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठलाई फराकिलो अंकले पछि छाडेकी छन्। सुनिताले ९२० मत प्राप्त गरेकोमा गठबन्धनबाट नेकपा एसका श्रेष्ठले
२४६ मत मात्रै प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved