काठमाडौं महानगरमा बालेन र सुनिताको अग्रता

नेपालभ्युज

काठमाडौं महानगरमा बालेन र सुनिताको अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोलले अग्रता लिएका छन्। साँझ साढे ६ बजेसम्म एक हजार १८० मतगणना भएकोमा बालेनले ४०२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितको ३१९ रहेको छ।

यसैगरी गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २०२ मत पाएकी छन्।

यता उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन्। डंगोललाई ५१० मत पाएकोमा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत प्राप्त गरेका छन्।

काठमाडौंमा ९ घण्टामा मात्रै एक हजार १८० भोट गणना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved