खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार गन्धर्व पक्राउ

नेपालभ्युज

खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार गन्धर्व पक्राउ

दाङ। दाङको तुलसीपुरमा खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा स्थानीय निर्वाचनमा स्वतन्त्रबाट उपमेयरका उम्मेदवार ४६ वर्षीय सुशील गन्धर्व पक्राउ परेका छन्।

घटनामा संलग्न रहेका गन्धर्वका छोरा २४ वर्षीय सुमन नेपाली र २० वर्षीय सुदन नेपाली भने फरार रहेकाे प्रहरीले जनाएकाे छ। गएराति स्थानीयको पूजामा नाँच हेर्न गएका युवाहरुबीच झडप भएको थियो। झडपमा खुकुरी प्रहार हुँदा चार जना घाइते भएका थिए।

खुकुरी प्रहारबाट तुलसीपुर–४ बस्ने २८ वर्षीय कुलबहादुर ओली, सोही ठाउँ निवासी २२ वर्षीय प्रेमप्रकाश खड्का, ३० वर्षीय चन्द्रबहादुर ओली, र २८ वर्षीय रमेश खड्का घाइते भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ।

घाइतेमध्ये कुलबहादुर र प्रेम प्रकाशको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकाे छ।

फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved