मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जित

नेपालभ्युज

मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जित

काठमाडौं। मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ।

पालिका अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएकाे छ।

उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी छिरिङ ढोका गुरुङले भने ५ सय २९ मत प्राप्त गरिन्।

लोमन्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र १ र ५ वडाध्यक्ष कांग्रेस विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved