भक्तपुरमा नेमकिपाको भोट २ हजार नाघ्यो, सुदूर प्रतिद्वन्द्वी एमालेको डेढ सय मात्रै

नेपालभ्युज

भक्तपुरमा नेमकिपाको भोट २ हजार नाघ्यो, सुदूर प्रतिद्वन्द्वी एमालेको डेढ सय मात्रै

काठमाडौं। भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को मत प्रमुख र उपप्रमुख दुवैमा दुई हजार नाघेको छ।  दिउँसो साढे दुई बजेसम्म मतगणना हुँदा नेमकिपाका मेयर उम्मेदवार सुनिल प्रजापतिले दुई हजार १५ मत पाएका छन्।

यसैगरी उनलाई सुदूर अंकले पछ्याइरहेका नेकपा एमालेका  उम्मेदवार रविन्द्र लाछिमस्युले १५९ मत मात्र पाएका छन्। त्यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुलालाई १३३ मत खसेको छ।

यस्तै उपमेयरमा पनि नेमकिपाकै रजनी जोशीले दुई हजार १७ मत प्राप्त गर्दा उनका सुदूर प्रतिस्पर्धी नेकपा एमालेलाई १५७ र नेपाली कांग्रेसलाई १११ मत खसेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved