एघार पालिकाको अन्तिम नतिजा : कुन पालिकामा कस्को जित ?

देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक गणनामा विजयी हुनेमा एमाले अगाडि छ। कांग्रेस पछ्याइरहेको छ। जारी गणनामा नेपाली कांग्रेसको अग्रता छ। एमाले केही पछाडि छ। माओवादी केन्द्रलगायतका दलहरू भने धेरै पछाडि छन्।

नेपालभ्युज

एघार पालिकाको अन्तिम नतिजा : कुन पालिकामा कस्को जित ?

काठमाडौं। हिजो भएको स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजा आउन थालेको छ। अहिलेसम्मको नतिजाअनुसार नेकपा एमाले र पाँचदलीय गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक गणनामा विजयी हुनेमा एमाले अगाडि छ। कांग्रेस पछ्याइरहेको छ। जारी गणनामा नेपाली कांग्रेसको अग्रता छ। एमाले केही पछाडि छ। जारी गणनामा माओवादी केन्द्रलगायतका दलहरू भने धेरै पछाडि छन्।

हालसम्म मतगणना सकिएका मनाङ, मुस्ताङ, डोल्पाको मात्र गणना सम्पन्न भएको छ। बाँकी स्थानमा गणना जारी छ। यी स्थानको गणना सम्पन्न भइसक्दा एमालेले ५ स्थान जित्दा कांग्रेसले ३ स्थान जित्दै पछ्याएको छ। नेकपा (एकीकृत समाजवादी) दुई पालिकामा जितेको छ। यस्तै माओवादीले एक स्थानमा जितेको छ।

यी हुन् एमालेले जितेका पालिका

मनाङको मनाङ ङिस्याङबाट पालिका अध्यक्षका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए।

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्।

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन्। उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भइन्। विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाएका छन्।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी भएका छन्। उनी ८ सय ७६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङ ५ सय ७७ मत प्राप्त गरेका छन्।

यस्तै डोल्पाको शेफोसुण्डो गाउँपालिकामा एमालेका तर्फबाट धावा सम्डुक गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए।

यी हुन् कांग्रेसले जितेका पालिका

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। कांग्रेसका लामलो १५८ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन्।

मनाङको नासों गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका धनबहादुर गुरुङ ८२० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनबहादुर गुरुङले ६४६ मत पाए।

यता मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन्। उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन्। उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ। कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए।

यी हुन् नेकपा (एस) जितेका पालिकाहरू

नेकपा (एस) ले डोल्पाको दुई पालिकामा जितेको छ। यसअघि मनोनयन दर्ता गर्ने दिन एकीकृत समाजवादीले डोल्पाको दुवै पालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भई विजयको सुरुवात गरेको थियो।

त्यस्तै, थार्का लाङसुङ गाउँपालिकाको अध्यक्षमा दुई वडासहित सोनाम गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ।

यी हुन् नेकपा माओवादीले जितेका पालिकाहरू

डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादीले विजयी शुरुवात गरेको छ। अध्यक्षमा माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन्। रोकायका प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved