मौसमले साथ नदिएपछि भरतपुरमा भोलिदेखि मात्र मतगणना हुने

नेपालभ्युज

मौसमले साथ नदिएपछि भरतपुरमा भोलिदेखि मात्र मतगणना हुने

काठमाडौंं। भरतपुर महानगरपालिकाको मतगणना आजराति नहुने भएको छ।

मौसमले साथ नदिएपछि त्यहाँ सर्वदलीय बैठक बस्न सकेको छैन। आज भएको स्थानीय तह निर्वाचनमा चितवनमा करिब ६० प्रतिशत मात्र मत खसेको छ। देशभर भने ६४ प्रतिशत मत खसेको छ।

भरतपुरमा यो पटक नेकपा एमालेबाट मेयरमा विजय सुवेदी र सत्ता गठबन्धनबाट पुरानै मेयर रेनु दाहाल र जगन्नाथ पौडेल मुख्य प्रतिस्पर्धी छन्। कांग्रेसबाट विद्रोह गरेका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनको अवस्था पनि भरतपुरमा निकै राम्रो मानिएको बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved