काठमाडौं महानगरको मतगणना ८ बजेदेखि शुरु हुने, ललितपुरको भोलि मात्रै

नेपालभ्युज

काठमाडौं महानगरको मतगणना ८ बजेदेखि शुरु हुने, ललितपुरको भोलि मात्रै

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना आजै शुरु हुने भएको छ। राति ८ बजेदेखि राष्ट्रिय सभागृहमा मतगणना शुरु हुने काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए।

कुल ३ लाख २४२ हजार मतदाता रहेको काठमाडौंमा ६० प्रतिशत मत खसेको छ। मतपेटिका राष्ट्रियसभा गृहमा ल्याइएको छ। अहिले सर्वदलीय बैठक बसिरहेकोमा ८ बजेदेखि मतगणना शुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत  खतिवडाले जानकारी दिए।

यसैगरी ललितपुरको मतगणना भने भोलि मात्रै शुरु हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले भोलि बिहान ७ बजे सर्वदलीय बैठक डाकेको छ।

कुल १ लाख २० हजार मतदाता रहेको ललितपुरमा ६० प्रतिशतभन्दा बढी मत खसेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved