रौतहटमा मतपेटिका लुटेर भागे स्थानीय

नेपालभ्युज

रौतहटमा मतपेटिका लुटेर भागे स्थानीय

रौतहट। रौतहटमा मतपेटिका लिएर स्थानीय भागेका छन्। जिल्लाको यमुनामाई गाउँपालिका–२ भिडियाही टोलमा मतदान सकिएपछि स्थानीयले तीनवटा मतपेटिका लुटेका हुन्।

प्रहरीले नियन्त्रणको प्रयास गर्दागर्दै मतदान गरिएका मतपेटिका नै स्थानीयले लुटेर सडकमा लगेर फुटाइदिएकाे यमुनामाई गाउँपालिकाका मतदान अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए। अहिले स्थिति सामान्य रहेकाे उनले बताए।

यमुनामाई गाउँपालिकामा शुक्रबार मतपेटिका च्यात्नेदेखि झडपसम्मका गतिविधि भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved