वामदेव गौतमको परिवारले नै मतदान नगर्ने

नेपालभ्युज

वामदेव गौतमको परिवारले नै मतदान नगर्ने

काठमाडौं। यसपटकको स्थानीय तह निर्वाचनमा बामपन्थी नेता वामदेव गौतमको परिवारले नै मतदान नगर्ने भएको छ। बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ का मतदाता रहेको गौतम परिवारले भोलि हुने निर्वाचनमा सहभागी नहुने बताएको छ।

तत्कालीन नेकपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका गौतम पार्टी फुटेपछि कुनै पनि पार्टीमा सक्रिय छैनन्। चुनावका लागि नेताहरू आफू मतदाता रहेको स्थानीय तहमा पुगिसकेका छन्। तर वामदेव यतिबेला पत्नी तुल्सा थापा र छोराछोरीहरूसहित ललितपुरस्थित भैँसेपाटीको घरमै छन्।

यसपटकको स्थानीय निर्वाचनमा परिवारले नै भोट नहाल्ने निर्णय गरेको सांसद समेत रहेकी  वामदेवपत्नी थापाले नेपालभ्यूजलाई बताइन्। ‘‘परिवार नै काठमाडौंमै छौँ, हामी बर्दिया गएनौँ,” उनले भनिन्, ‘‘पछिल्लो समय कुनै पार्टीमा सक्रिय नभएको र बर्दियामा गौतम परिवारले आफूलाई हराउन खोजेको भन्ने आरोप नेताहरूले लगाएपछि मतदानमा सहभागी नहुने भएका हौँ।”

नेकपा फुटेपछि वामदेव गौतम र उनकी पत्नी थापा दुवै कुनै पार्टीमा सक्रिय छैनन्। वामदेवले केही समयअघि नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी)का लागि निर्वाचन विशेष गीत लेखेका थिए।


Comment

One thought on “वामदेव गौतमको परिवारले नै मतदान नगर्ने

  1. राम्रो समाचार । यस्तो व्यक्तिलाई निर्वाचनमा उठे बहिस्कार गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved