मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई मतदाता किनेको आरोप लगाउने एमाले नेता पक्राउ

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई मतदाता किनेको आरोप लगाउने एमाले नेता पक्राउ

जनकपुरधाम। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता किनेकाे आरोप लगाएका नेकपा एमाले जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

भण्डारीले  जनकपुरको सिताशरण होटलबाट अन्सारीले मतदाता किन्दै गरेको आरोप लगाएका थिए। अन्सारीले पैसा बाँडेको भन्दै एमाले नेता भण्डारी सहितका १५-२० जना नेता कार्यकर्ताले विरोध गर्दै होटलमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ।

अन्सारी र प्रहरीलाई दुर्व्यवहार गरेपछि एमाले नेता भण्डारीलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved