सिटीको जितमा डे ब्रुयनको चार गोल

डे ब्रुयनले सिटीका लागि खेलको सातौँ, १६ औँ, २४ औँ र ६० औँ मिनेटमा गोल गरे।

नेपालभ्युज

सिटीको जितमा डे ब्रुयनको चार गोल

काठमाडौं। केभिन डे ब्रुयनले चार गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

गएरातिको खेलमा डे ब्रुयन चम्किएपछि सिटीले उल्भ्सलाई ५–१ गोल अन्तरले हराएको हो।

उल्भ्सको घरेलु मैदानमा डे ब्रुयनले चार र रहिम स्ट्रर्लिङले एक गोल गरेपछि सिटीले शानदार जित दर्ता गर्यो। घरेलु टोलीका लागि लिन्डर डेनडोनकरले एक गोल फर्काए।

डे ब्रुयनले सिटीका लागि खेलको सातौँ, १६ औँ, २४ औँ र ६० औँ मिनेटमा गोल गरे। यस्तै ८४ औँ मिनेटमा स्ट्रर्लिङले गोल गरे।

घरेलु टोलीका लागि एकमात्र गोल खेलको ११ औँ मिनेटमा लिन्डरले गरे।

जितसँगै सिटी ३६ खेलमा ८९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। उल्भ्स ५० अंक जोडेर आठौँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved