कस्तो मत बदर हुन्छ ? सदर हुनेगरी कसरी लगाउने छाप ?

नेपालभ्युज

कस्तो मत बदर हुन्छ ? सदर हुनेगरी कसरी लगाउने छाप ?

काठमाडौं। निर्वाचन आयोगले अघिल्लो स्थानीय निर्वाचनमा ४० करोड रुपैयाँ खर्च गरेर २० हजार बढी स्वयंसेवक खटाएर मतदाता शिक्षा कार्यक्रम चलाएको थियो। तर पनि ३ दशमलव १८ प्रतिशत मत बदर भएको थियो।

आसन्न स्थानीय निर्वाचन २०७४ का लागि मतदान शुरु हुन अब दुई मात्र बाँकी छ। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दल र जनताहरूमा एक उत्साह देखिए पनि सदर हुनेगरी भोट हाल्ने तरिका नजान्दा आफूले चाहेको उम्मेदवारलाई भोट काटिने सम्भावना पनि हुन्छ। जसकारण मत बदर हुन नदिन नेपालको निर्वाचन सञ्चालन ऐनले मतपत्र बदरकाबारे गरेको व्याख्याबारे जान्न जरुरी छ।

निर्वाचन सञ्चालन ऐनअनुसार निम्न अवस्थामा मत बदर हुन्छ

१) मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भएमा
२) निर्वाचन सञ्चालन ऐन को दफा ३६ को उपदफा २ अनुरूप मतदान चिह्न नभएमा, अर्थात् उम्मेदवारको चुनाव चिह्नमा स्पष्ट मतदान चिह्न नभएमा
३) मतपत्र धेरै खुम्चेर या च्यातिएर बुझ्न नसक्ने अवस्थामा भएमा
४) मतपत्र धमिलो या फोहोर भई मत बुझ्न वा ठम्याउन सक्ने अवस्थामा नभएमा
५) उम्मेदवारको निर्धारित चिह्न भन्दाबाहिर छाप लगाएमा
६) उम्मेदवार नै नभएको चुनाव चिह्नमा छाप लगाएमा
७) मतदान नगर्ने शर्तमा निर्वाचन अधिकृतलाई फिर्ता दिएको मतपत्र भएमा
८) एकभन्दा बढी उम्मेदवारको चिह्नमा छाप लगाएमा
९) निर्वाचन आयोगले तोकेकोबाहेक अन्य मतपेटिकामा मतपत्र खसालेमा
१०) मतपत्र मतपेटिकाभन्दा बाहिर पाइएमा
११) फर्जी मतपत्र पाइएमा

निर्वाचन आयोगका अनुसार सदर मतको नमूना

बदर मतको नमूना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved