खोलामा डुबेर एक जनाको मृत्यु

खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

नेपालभ्युज

खोलामा डुबेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

हेटौँडा। हेटौँडामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौँडा १७, राई टोलका ५१ वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ।

खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शव पोष्टमार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved