जानकी जन्मोत्सवका अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

नेपालभ्युज

जानकी जन्मोत्सवका अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम। मधेश सरकारले माता जानकीको जन्मोत्सव अर्थात् जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्तिमार्फत आज प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन्।
जानकी नवमीको अवसरमा उनले शुभकामना पनि दिएका छन्।

जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेशको गरिमालाई समेत विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, संवर्द्धन र प्रचार प्रसारमा प्रदेश सरकार हरसम्भव प्रतिबद्ध रहँदै आएको मुख्यमन्त्री राउतले उल्लेख गरेका छन्।

मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा भने गम्भीर त्रुटि भेटिएको छ। उनले मधेश प्रदेश हुनुपर्नेमा ‘प्रदेश २’ लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved