मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।
बकैया गाउँपालिका–७ कत्लेखोलामा कांग्रेस र माओवादी कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ता परिचालन गरी माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटी उपाध्यक्ष हरि राईलाईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले बताइन्।
उनीहरु दाजुभाइहुन्। घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले जानकारी दिइन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने घरायसी झगडा भएको र यसलाई राजनीतिक रुपमा लिन नहुने जनाएको छ ।
बकैया गाउँपालिकामा कांग्रेस र माओवादीकाे गठबन्धन छ। त्यहाँ वडा तहमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।
Facebook Comment
Comment