चुनावका लागि भारतबाट घर फर्किने बढे

नेपालभ्युज

चुनावका लागि भारतबाट घर फर्किने बढे
फाइल तस्वीर

कैलाली। आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरू फर्किने क्रम बढेको छ।

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो। गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथिको संख्यामा घर फर्किरहेका छन्।

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरू नेपाल फर्किरहेको र यो संख्या बढीरहेको बताए। उनले स्थानीय तहको निार्वचनलाई लक्षित गरेर पश्चिमी नाकाहरूमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरू धमाधम नेपाल फर्किएको जानकारी दिए।

भारतबाट नेपाल फर्कने नेपालीहरूको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढीरहेकोले नेपाल आउनेहरूले अनिवार्य ७ क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाहरूले खोप लगायन तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved