धम्की दिएको होइन, सत्य बोलेको हुँ : प्रचण्ड

नेपालभ्युज

धम्की दिएको होइन, सत्य बोलेको हुँ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनले चुनाव हारे देशकै हार हुने दाबी गरेका छन्।

आइतबार सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजना गरेको सभामा सम्बोधनका क्रममा उनले गठबन्धनले हारे देश दुर्घटनामा जाने दोहोर्‍याए। ‘‘गठबन्धनले चुनाव हारे देश हार्छ। मैले धम्काएको होइन। घुर्की लगाएको पनि होइन। सत्य बाेलेकाे हुँ’’, उनले भने।

यस्तै उनले देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने, सबै दललाई र देशलाई फाइदा हुने बताए।

प्रचण्डले चुनावी अभियानका क्रममा केही दिनअघि चितवन पुगेर गठबन्धनले चुनाव हारे देशले हार्ने बताएका थिए । उक्त अभिव्यक्तिले उनी आलोचित बनेका थिए। आइतबार पोखरामा पनि उनले सोही कुरा दोहोर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved