उल्भ्ससँग बराबरीमा रोकियो चेल्सी

बराबरीसँगै चेल्सीले ३५ खेलमा ६७ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। उल्भ्स ५० अंकसहित आठौँ स्थानमा छ।

नेपालभ्युज

उल्भ्ससँग बराबरीमा रोकियो चेल्सी

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा गए।ाति चेल्सी र उल्भ्सले बराबरी खेलेका छन्। चेल्सी र उल्भ्सले २–२ गोलको बराबरी खेलेका हुन्।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा शुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा ५६ औँ मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाएका थिए। लगत्तै ५८ औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए।

तर, खेलको ७९ औँ मिनेटमा फ्रान्सिस्को ट्रिन्काओले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काउने कोशिश गरे। इन्जुरी समयमा कोनोर कोडीले गोल गर्दै उल्भ्सलाई २–२ को बराबरीमा ल्याए।

बराबरीसँगै चेल्सीले ३५ खेलमा ६७ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। उल्भ्स ५० अंकसहित आठौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved