काठमाडौं। नेपाल टेलिकमले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचन लक्षित जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने घोषणा छ। जसअनुसार ९८ रूपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको यो कम्पनीले जनाएको छ।
यो अफर आगामी २५ वैशाखदेखि ४ जेठसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए। कम्पनीका अनुसार ३ दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ। यस्तै ३ दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० ओटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि रु ९८ मा उपलब्ध हुनेछ।
त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिने छ।
Facebook Comment
Comment