‘योग्य उम्मेदवारलाई छोरी र श्रीमतीका रूपमा प्रचार गरेर महिलाको अपमान गरियो’

नेपालभ्युज

‘योग्य उम्मेदवारलाई छोरी र श्रीमतीका रूपमा प्रचार गरेर महिलाको अपमान गरियो’

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन देश, जनता र हितमा रहेको  बताएका छन्। उनले वामशक्ति, प्रजातान्त्रिक शक्ति मिल्दा परिवर्तनका ठूलठूला इतिहास कायम भएको र जनताको अधिकार प्राप्त भएको बताए।

पाँचदलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावीसभालाई आज सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्‍याउन र संविधानलाई थप कार्यान्वयन गर्न पनि गठबन्धन जरुरी रहेको बताए।

योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको प्रचण्डले बताए। भने, “कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ। महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ।”

उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए।

महिलालाई कार्यकारी भूमिका दिइएको स्थानमा भ्रष्टाचार र अनियमिततासमेत कम भएको उनको भनाइ थियो। उनले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा प्राकृतिक रहेको स्पष्ट पारे। अध्यक्ष दाहालले विगतमा वाम गठबन्धनको अभ्यास भएको भए पनि हालको जस्तै वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त देखिएको स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved