एमालेले कतै हिन्दू कतै क्रिश्चियनसँग तालमेल गरिरहेको छ : गगन थापा

एमाले अध्यक्ष ओलीदेखि महानगरका उम्मेदवार केशव स्थापितसम्मले महिला काम नलाग्ने भन्दै महिलाद्वेषी टिप्पणी गरिरहेकाले यो एमालेकी उपमेयर उम्मेदवारसहित सबै महिलाको अपमान भएको आरोप उनले लगाए।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा जो भेट्यो त्यहीसँग तालमेल र गठबन्धन गरिरहेको बताएका छन्। उनले एमालेले एउटा वडामा हिन्दू धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँगसमेत तालमेल गरेको टिप्पणी गरे।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। एमालेको आलोचना गर्दै उनले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको एमालेले जवाफ दिनुपर्ने बताए।

‘‘पाँच वर्ष काठमाडौं चलाउन पाएको हो,  हाम्रो घरमा पठाएको पर्चा एकपल्ट पल्टाएर हेरौँ, काठमाडौं कति सफा भयो ? उत्तर दिनैपर्छ, काठमाडौं कति सहज भयो? उत्तर दिनैपर्छ,” उनले भने, ‘‘काठमाडौंलाई के बनाउँछु भनेको थियो, के-के बनाइयो ? उत्तर दिनैपर्छ।’’

उनले एमाले पार्टी र काठमाडौंमा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले महिलामाथि अपमान गरेको टिप्पणी गरे। उनले भने, ‘‘जुन महिलाद्वेषी, महिला भनिसकेपछि यो महिला काम नलाग्ने भनेर जसरी पार्टीको सभापतिदेखि, उम्मेदवारदेखि मञ्चमा एकपछि अर्को उभिएर भनिएको छ यो कुनै एकजना महिलाको होइन, सिंगो काठमाडौंभरीका तमाम सबै महिलाहरुको अपमान हो, सुर्यमा मतदान गर्ने महिलाको पनि अपमान हो।” काठमाडौंमा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलकोसमेतको एमालेले अपमान गरेको आरोप उनको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved