सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालभ्युज

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
सांकेतिक तस्वीर

सप्तरी। छिन्नमस्ता गाउँपालिका–१ स्थित राजविराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ।

तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नम्बरको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३ वर्षीय सतिषकुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका–१ का २० वर्षीय शंकर भन्ने इन्द्रजितकुमार यादव गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved