विमानस्थलमा भेटिएन बम, यात्रुलाई भित्र लगिँदै

नेपालभ्युज

विमानस्थलमा भेटिएन बम, यात्रुलाई भित्र लगिँदै

काठमाडौं। त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि पुन: उडान शुरु गरिने भएको छ। आज विहान अज्ञात व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा ५/६ ओटा बम राखेको धम्की दिएपछि सेना परिचालन गरी सर्च अपरेशन शुरु गरेको थियो।

सर्च अपरेशन गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेपछि उडान पुन: शुरु गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान-अवतरण एक घण्टासम्म बन्द थियो।

उडान पुन: शुरु गर्नका लागि १ बजेसम्मको उडान भएका यात्रुलाई भित्र लग्ने तयारी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved