पाँच वर्षभित्र काठमाडौंलाई विश्वको घुम्नलायक शहर बनाउँछु : सिर्जना सिंह

सिंहले आफूले मेयर जितेपछि काठमाडौंका समस्या समाधानमा मुख्य काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपालभ्युज

पाँच वर्षभित्र काठमाडौंलाई विश्वको घुम्नलायक शहर बनाउँछु : सिर्जना सिंह

काठमाडौं। सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिको मेयरकी उम्मेदवार सिर्जना सिंहले पाँच वर्षमा काठमाडौंलाई विश्वको घुम्नलायक शहर बनाउने बताएकी छन्।

शंकरदेव क्याम्पसका पूर्वविद्यार्थीहरुले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै सिंहले आफू मेयर निर्वाचित भएको पाँच वर्षमा काठमाडौंलाई घुम्लायक शहरमा बदल्ने बताएकी हुन्।

सिंहले आफ्नो राजनीतिक व्यक्तित्व शंकरदेवबाटै शुरु भएको पनि बताइन्। उनले आफूले मेयर जितेपछि काठमाडौंका समस्या समाधानमा मुख्य काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सिंहले महिलाहरुको समस्या समाधानका लागि आफ्नो विशेष पहल हुने बताइन्। भनिन्, “पाँचतारे होटलमा कार्यक्रम गरेर भाषण गर्दै महिला अधिकार प्राप्त हुँदैन। म मेयर बनेपछि महिला अधिकारका लागि काम गर्नेछु।”

सिंहले आफू निर्वाचित भएपछि साना घरेलु उद्योगलाई विशेष ध्यान दिने बताइन्। उनले स्थानीय सामान र साना तथा घरेलु उद्योगबाट बनेका सामग्रीलाई विदेशी बजार व्यवस्थापनमा विशेष पहल गर्ने पनि बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved