सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई मासिक ८० हजार रुपैयाँका दरले ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोगमा डंगोलविरुद्ध उजुरी परेको हो।

नेपालभ्युज

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी परेको छ।

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई मासिक ८० हजार रुपैयाँका दरले ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध १६ वैशाखमा अख्तियारमा उजुरी परेको हो।

स्नातकोत्तरको झूटो प्रमाणपत्र पेश गरी सल्लाहकारमा जागिर खाएको आरोप उनीमाथि लागेको छ। डंगोलले प्राप्त गरेको रकम तथा जरिवाना असुलसहित उनलाई कारबाही गर्न उजुरीमा माग गरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved