गोरखामा जन्ती बोकेको स्कर्पियो दुर्घटना, तीन जनाको मृत्यु

नेपालभ्युज

गोरखामा जन्ती बोकेको स्कर्पियो दुर्घटना, तीन जनाको मृत्यु

गोरखा । गोरखामा जन्ती बोकेको स्कार्पियो जीप दुर्घटनामा परी आज साँझ तीन जनाको मृत्यु भएको छ।

चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

बा१४च ७८१ नंको स्कार्पियो जीप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ। दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved