एभर्टनसँग चेल्सी पराजित, आर्सनलको साँघुरो जित

नेपालभ्युज

एभर्टनसँग चेल्सी पराजित, आर्सनलको साँघुरो जित

काठमाडौं। प्रिमियर लिगमा एभर्टनसँग चेल्सी पराजित भएको छ। आज राति सकिएको खेलमा चेल्सीले एभर्टनको घरेलु मैदानमा १-० ले हार बेहोरेको छ।

रिचार्लिसनले खेलको ४६ औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो।

बल पोसेसनमा पकड जमाए पनि चेल्सीले गोल निकाल्न सकेन। जारी लिगमा चेल्सीको यो नवौं हार हो। हारपछि पनि ऊ ६६ अंकसहित तेस्रो स्थानमा यथावत् छ। एभर्टन भने रेलिगेसन जोनबाट उठ्न प्रयासरत छ। अघिल्लो सिजन मध्य भागमा रहेको ऊ यो पटक १८ औं स्थानमा छ।

यता अर्को खेलमा आर्सनलले वेस्ट ह्याममाथि उसकै मैदानमा २-१ को साँघुरो जित निकालेको छ। जितसँगै आर्सनलले चौथो स्थानमा कब्जा जमाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved