आरसीबी लगातार तीन खेलमा पराजित

नेपालभ्युज

आरसीबी लगातार तीन खेलमा पराजित

आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) ले लगातार तीन खेलमा हार बेहोरेको छ। आज भएको खेलमा आरसीबी गुजरातसँग ६ विकेटले पराजित भएको हो।

आरसीबीले पहिले ब्याटिङ गरेर ६ विकेटको क्षतिमा १७१ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। आजको खेलमा विराट कोहलीले सर्वाधिक ५८ रनको योगदान दिए पनि खेल जिताउन सकेनन्। कप्तान फाप्डु प्लेसिस कुनै रन नबनाई क्याच आउट भएका थिए। त्यस्तै रजत पाडिकरले ५२ तथा ग्लेन म्याक्सवेलले ३३ रन बनाए।

गुजरातका पाँच जना ब्याटरले मध्यम प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भयो। डेभिड मिलरले नटआउट ३९ रन जोडे। र राहुत तेवतियाले पनि नटआउट सर्वाधिक ४३ रन जोडे।

९ खेलमा जम्मा एक खेल मात्र हारेको गुजरात जारी आईपीएलको शीर्ष स्थानमा छ। आरसीबीले भने १० खेलमा ५ मा जित र त्यति नै हार बेहोरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved