चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारको मनोनयन फिर्ता

नेपालभ्युज

चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।

काठमाडौं प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रवार साँझ मनोनयन फिर्ता लिएका हुन्।

चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले १ प्रमुख र २ उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिए। उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रबाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रूपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहेका छन्।

बाँकी ३० वडाध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत थपलियाले जानकारी दिए। चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो।

अब चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा हुन्। काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved