कपनमा निःशुल्क स्वास्थ्य शिविर

गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौं मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।

नेपालभ्युज

कपनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौंको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौं मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।

कार्यक्रममा फाउण्डेशन बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईले कपन क्षेत्रमा बस्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए। उनले जीपी फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै नागरिकको स्वास्थ्य जाँच सेवालाई विशेष प्राथमिकता दिएको बताए।

उक्त स्वास्थ्य शिविरमा ९०२ जनालाई सेवा प्रदान गरिएको थियो। शिविरमा प्रसूति तथा स्त्रीरोग, बालरोग, छालारोग, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी साथै आँखा रोग र दाँतसम्बन्धी रोगको जाँच गरिएको थियो।

यस्तै, शिविरमा भिडिओ एक्सरे सेवा, प्रयोगशाला, ईसीजी सेवा पनि प्रदान गरिएको फाउण्डेशन बागमती प्रदेशका सहसंयोजक कुमार खड्काले जानकारी दिए। आगामी दिनमा बूढानीलकण्ठका सबै वडामा यस्ता शिविर सञ्चालन गर्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved